स्थानिय समाचार

झरौटामा सम्पन्न ‘पुरुषोत्तम महात्म्य सत्संग ज्ञान यज्ञ’ मा २ लाख ८६ हजार बचत

By Meropati
२०८३ अशोज ४, आइतवार
झरौटामा सम्पन्न ‘पुरुषोत्तम महात्म्य सत्संग ज्ञान यज्ञ’ मा २ लाख ८६ हजार बचत

दुलेगौंडा, ७ असार । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ झरौटा स्थित शिवपञ्चायन मन्दिर परिसरमा आयोजित ‘पुरुषोत्तम महात्म्य सत्संग ज्ञान यज्ञ’ को आयव्यय शनिवार सार्वजनिक गरिएको छ ।


समितिका अध्यक्ष केशवराज अधिकारीका अनुसार रसिद, यज्ञमण्डपमा चढेको नगद तथा दानपेटिकाबाट प्राप्त रकम गरी महासत्सङ्गबाट कुल ४ लाख ९४ हजार ७३३ रुपैयाँ आम्दानी भएको छ । विभिन्न शीर्षकमा २ लाख २६ हजार ८९ रुपैयाँ खर्च भएको र ५ हजार ५५ रुपैयाँ उठ्न बाँकी रहेको उनले जानकारी दिए ।
सत्सङ्गबाट २ लाख ८६ हजार ४८९ रुपैयाँ बचत भएको समितिले जनाएको छ। बचत रकम मन्दिरको संरचना विकास, संरक्षण तथा नवग्रह मन्दिर निर्माण लगायतका धार्मिक पूर्वाधार निर्माणमा उपयोग गरिने उपाध्यक्ष धर्मराज पौडेलले बताए । सो अवसरमा वडा सदस्य ज्योती विकले यस मन्दिरले समग्र वडामा हिन्दुधर्मप्रतिको आस्था र प्रचार गरिरहेकोमा धन्यवाद दिईन् ।

0 SHARES
सेयर गर्नुहोस्: