शुक्लागण्डकीका मेयरद्धारा पत्रकार ढुंगानाप्रति भएको दुव्र्यहारको शुक्लागण्डकी पत्रकार मञ्चको खेद

दुलेगौंडा, ३१ जेठ । शुक्लागण्डकीका मेयर कृष्णराज पण्डितद्धारा पत्रकार विनोद ढुंगानामाथि भएको अभद्र व्यवहार प्रति शुक्लागण्डकी पत्रकार मञ्चले खेद व्यक्त गरेको छ ।
मञ्चका सदस्य एवं हिमालय टेलिभिजनका तनहुँ प्रतिनिधि रहेका पत्रकार ढुंगाना आईतबार तनहुँको बेलचौतारामा हाट बजारको रिपोर्टिङ्गमा खटिई रहेको अवस्थामा शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख पण्डितबाट दुव्र्यवहार भएको घटनाप्रति खेद प्रकट गरेको हो । रिपोर्टिङका क्रममा रहेका पत्रकार ढुँगानालाई लक्षित गरि सञ्चार उद्यमी समेत रहेका नगर प्रमुखले ‘पत्रकार त पार्टीका हुन्छन्’ भनेपछि कस्लाई भन्नुभएको भनेर सोध्दा ‘तैले मलाई सिकाउन पर्दैन’ भन्दै अपाच्य शब्दको प्रयोग गरि दुव्र्यवहार गरेको हुदाँ यस्ता कार्य आगामी दिनमा नदो¥याउन आग्रह गर्दै स्वतन्त्र पत्रकारिताको सम्मान गर्न अवगत गराइएको छ । मञ्चका अध्यक्ष राजन उपाध्यायद्धारा जारी विज्ञप्तीमा यस्ता गतिविधि स्वतन्त्र प्रेस जगतका लागि स्वीकार्य नभएको ध्यानाकर्षण गराउदै पत्रकार ढुंगाना माथि भएको ब्यवहारको विरुद्ध एकजुट रहने प्रतिवद्धता ब्यक्त गरिएको छ ।

Advertisment