दुलेगौँडा, २२ जेठ । इन्टरनेट सेवा प्रदायक कम्पनी डि. जि लिंक नेटवर्क प्रा.लि. १२ वर्ष पूरा गरी १३ औँ वर्षमा प्रवेश गरेको छ । २०७१ साल जेठ २२ गते शुक्लागण्डकी क्षेत्रलाई केन्द्रित गरी स्थापित कम्पनीले आज आफ्नो १२ औँ वार्षिकोत्सव मनाउदै छ । छोटो समयमै यस क्षेत्रकै उत्कृष्ट र भरपर्दो इन्टरनेट सेवा प्रदायकको रूपमा डि. जि लिंकले बजारमा बलियो पहिचान बनाउन सफल भएको कम्पनीको दाबी छ ।
वार्षिकोत्सवको अवसरमा संस्थाका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत विपिन वाग्लेले सम्पूर्ण ग्राहक वर्गमा कृतज्ञता व्यक्त गरेका छन् । उनले भने, ‘हामीलाई सेवा गर्ने अवसर दिनुहुने सम्पूर्ण आदरणीय ग्राहक महानुभावहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ । आगामी दिनमा पनि यहाँहरूको माया र विश्वास निरन्तर प्राप्त हुनेमा हामी विश्वस्त छौँ। भोलिका दिनमा ग्राहकहरूलाई अझ बढी परिष्कृत, तीव्र गतिको र गुणस्तरीय सेवा प्रदान गर्न संस्था पूर्ण रूपमा प्रतिबद्ध छ ।’
डि. जि लिंक नेटवर्कले हाल गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न रणनीतिक क्षेत्रहरूमा आफ्नो सेवा विस्तार गरिसकेको छ । कम्पनीले हाल तनहुँ, कास्की, स्याङ्जा र पाल्पा जिल्लाहरूमा उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको छ ।
संस्थाका अप्रेसन डाइरेक्टर मदन केसीका अनुसार कम्पनीले अत्याधुनिक जीपोन फाइबर टु द होम एफटिटिएच प्रविधिमार्फत ग्राहकहरूको घर–घरमा सिधै इन्टरनेट पु¥याइरहेको छ । जडानपछिको उत्कृष्ट ग्राहक सेवा र निरन्तरको उच्च गतिकै कारण डि. जि लिंक उपभोक्ताको पहिलो रोजाइमा पर्न सफल भएको दाबी कम्पनीले गरेको छ ।
इन्टरनेट सेवा प्रदायकहरूको तीव्र प्रतिस्पर्धाका बीच उचित मूल्यमा उत्कृष्ट इन्टरनेट प्रदान गर्ने आफ्नो उद्देश्यलाई हृदयङ्गम गर्दै उपभोक्ताको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै कम्पनीले १०० एमबीपीएस, १५० एमबीपीएस, २०० एमबीपीएस र ३०० एमबीपीएसको प्याकेजहरू उपलब्ध गराइएको संस्थाका प्रबन्ध निर्देशक विवेक वाग्लेले जानकारी दिए ।
शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा हेल्थ पोस्टचोकमा मुख्य कार्यालय रहेको डि. जि लिंक नेटवर्क प्रा.लि.को भिमाद नगरपालिका चोक र घिरिङ गाउँपालिकाको पुट्टारमा सम्पर्क कार्यालय रहेको छ । विगत १२ वर्षदेखि स्थानीय स्तरबाट सुरु भई प्रादेशिक स्तरसम्म भरपर्दो छविका साथ अगाडि बढेको डि. जि लिंकले आगामी दिनमा आफ्नो नेटवर्कलाई थप दुर्गम क्षेत्रहरूमा समेत विस्तार गर्ने लक्ष्य राखेको छ ।
डि.जि लिंक नेटवर्क तेह्रौँ वर्षमा प्रवेशः गुणस्तरीय सेवामा अग्रणी बन्ने प्रतिबद्धता
२२ जेष्ठ २०८३, शुक्रबार
Advertisment





