दुलेगौंडा, १ बैशाख । शुक्लागण्डकी विद्युत तथा प्लम्बर सेवा समितिले नयाँ वर्ष २०८३ को क्यालेण्डर विमोचनका साथै शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
मंगलवार दुलेगौंडामा आयोजित एक कार्यक्रममा समितिले प्रकाशन गरेको भित्ते पात्रो विमोचन गरिएको हो । सो अवसरमा एक आपसमा शुभकामना आदान गरिनुका साथै नयाँ वर्ष समृद्धिको वर्षको कामना गरे । सो अवसरमा प्रमुख अतिथी समितिका पूर्व अध्यक्ष बालकुमार वाग्लेले विद्युत तथा प्लम्बीङ क्षेत्र जोखिमको पेशा भएको बताउदै सुरक्षालाई पहिलो प्राथमिकता दिई आफ्नो कार्यक्षेत्रमा लाग्नुपर्नेमा जोड दिए । उनले विद्युतीय ज्ञान र अनुभवीले मात्र विद्युतको काम गर्न आग्रह गरे ।
समितिका अध्यक्ष भान बहादुर भुजेलले नगरमा रहेका सबै साथीहरुलाई समितिमा आवद्ध हुन अपिल गरे । समितिका सदस्य मिलन सुवेदीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव केशवराज पौडेलले गरेका थिए ।





