जनकल्याण माविको ३९ औं वार्षिकोत्सव

दुलेगौंडा, २९ पुष । शुक्लागण्डकी–५ बेलचौतारास्थित जनकल्याण माविको ३९ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस विद्यालय परिसरमा सोमवार सम्पन्न भएको छ ।
सो अवसरमा शुक्लागण्डकी नगरपालिका वडा नंं ५ का अध्यक्ष दिर्घ बहादुर थापाल सामुदायिक विद्यालयलाई समय सुहाउदो किसिमले अगाडी बढाइएको बताए । सबैको मिहिनेतले विद्यालयले उत्कृष्ट नतिला ल्याउन सफल भएको बताउदै विगतका तुलामा विद्यार्थी संख्या बढ्दै गएको जानकारी दिए । सामुदायिक विद्यालय विद्यार्थी खोज्दै घरघर जाने होइन, उनले थपे, अभिभावक र विद्यार्थी विद्यालय खोज्दै आउने बनाउनुपर्छ, सोहि अनुसार विद्यालय अघि बढेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुजन कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा शुक्लागण्डकी नगरपालिका वडा नं. ११ का अध्यक्ष शालिकराम भट्टराई, वडा नं. ५ का सदस्य धनेश्वर श्रेष्ठ, भानुभक्त बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष दुर्गा कुमार श्रेष्ठ, विद्यालयका निवर्तन अध्यक्ष सञ्जय थापा सार्की, शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका उपमहासचिव विर्सना श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक दिपक विक लगायतलले बोलेका थिए । कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक योगराज पौडेलले गरेका थिए । सो अवसरमा विद्यार्थीले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै शैक्षिक प्रदर्शनी समेत गरिएको थियो ।






