स्थानिय समाचार

रास्वपामा तनहुँ–२ बाट आकांक्षी उम्मेदवारको लर्को

By Meropati
२०८३ अशोज २, शुक्रबार
रास्वपामा तनहुँ–२ बाट आकांक्षी उम्मेदवारको लर्को

दुलेगौंडा, २३ पुष । आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा तनहुँ–२ बाट आकांक्षी उम्मेदवार थपिदै गएका छन् । सो पार्टीबाट मनराज गुरुङ, इन्जीनीयर श्रीराम न्यौपाने, डा. शेषरमण न्यौपाने, शंकर पन्त, सुन्दर बस्याल लगायतले आकांक्षा व्यक्त गरेका हुन् ।
मनराज उज्यालो नेपाल पार्टीबाट रास्वपामा समायोजन भएका हुन् । उज्यालो नेपाल पार्टीका गण्डकी प्रदेश संयोजक रहेका उनलाई समायोजन पश्चात जिम्मेवारी पाइसकेका छैनन् । उर्जामन्त्री घिसिङसँग निकट सम्बन्ध रहेका गुरुङलाई गण्डकी प्रदेशमा प्रत्यक्षतर्फको टिकटमा पहिलो प्राथमिकतामा राखिएको चर्चा छ । तत्कालिन उज्यालो नेपालबाट गण्डकीमा प्रत्यक्षतर्फ तीन जनाले रास्वपाबाट टिकट पाउने सम्भावना छ, दुई जनाले मात्र पाए भने पनि कास्की र तनहुँले पाउने सम्भावना बलियो रहेको बताईन्छ । गुरुङ विसं २०७४ सालमा शुक्लागण्डकी नगरपालिका–१२ का वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी कान्छा वडा अध्यक्ष थिए । युवा नेता मनराज तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्का उपाध्यक्षसमेत हुन् ।
अर्का आकांक्षी इन्जिनियर श्रीराम उर्जा र सुरुङ विज्ञको रुपमा परिचित छन् । भानु नगरपालिका घर भएका उनी पछिल्लो समय तनहुँ–२ मा केन्द्रित भएर विभिन्न स्थानमा पुग्दै आएका छन् । उनले तनहुँ–२ का विभिन्न विद्यालयमा स्मार्ट बोर्ड वितरण गर्दै आएका छन् । न्यौपाने रास्वपाको केन्द्रीय उर्जा विभाग प्रमुख हुन् ।
स्थानीय शासन विज्ञ डा. शेषरमण न्यौपानेले पनि यस क्षेत्रमा उम्मेदवारी दिन इच्छा व्यक्त गरेका छन् । शुक्लागण्डकीका डा. न्यौपाने जिल्ला विकास समिति महासंघका पूर्व अन्तिम कार्यकारी महासचिवका रूपमा दीर्घ अनुभवसम्पन्न तथा स्थानीय शासन र सार्वजनिक प्रशासनका क्षेत्रमा विज्ञ हुन् ।
पार्टीभित्र सुरुवातदेखि नै सक्रिय रूपमा आबद्ध अर्का आकांक्षी पन्त हाल रास्वपाको गण्डकी प्रदेश प्रवक्ता हुन् । पन्त सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै विभिन्न सामाजिक अभियान, जनहितका कार्यक्रम र स्थानीय समस्याको समाधानमा योगदान दिँदै आएका छन् । उनी गीत–संगीत क्षेत्रमा समेत क्रियाशिल छन् ।
पार्टीका युवा नेता बस्यालले पनि उम्मेदवारीकालागि आकांक्षी हुन् । जनस्वास्थ्य, सेवा र सचेतनाका क्षेत्रमा समेत लाग्दै आएका बस्याल रास्वपा तनहुँ क्षेत्र नं. २ का सभापति हुन् ।

0 SHARES
सेयर गर्नुहोस्: