स्थानिय समाचार

हरिनास गाँउपालिकाको प्रशासकिय भवनको निर्माण कार्य सुरु

By Meropati
२०८३ अशोज २, शुक्रबार
हरिनास गाँउपालिकाको प्रशासकिय भवनको निर्माण कार्य सुरु

दुलेगौंडा, २२ पुष । स्याङजाको हरिनास गाँउपालिकाको प्रशासकिय भवनको निर्माण कार्य सुरु भएको छ । जग्गा विवादका कारण करिब तिन महिना निर्माणाधिन अवस्थामा रोकिएको उक्त प्रशासकीय भवन जग्गाको समस्या समाधान भए संगै निर्माण कार्य शुरु भएको हो । गत बैशाख ४ गते सम्झौता भएको प्रशासकीय भवन प्रजिल कन्स्ट्रक्सनले निर्माण कार्यको जिम्मा लिएको छ । हाल अस्थायी प्रशासकीय भवन रहेको चित्रेभज्याङकै आडमा नयाँ भवन निर्माण गर्न लागिएको हो ।
भवन निर्माणकालागि ३ करोड ७३ लाख ४५ हजार रुपैयामा सम्झौता गरेको हो । सम्झौता अनुसार प्रजिल कन्स्ट्रक्सनले गाँउपालिकाले गरेको ड्रवइङ अनुसार करिब १८ महिनामा भवन सम्पन्न गर्नु पर्ने उल्लेख गरिएको छ । जग्गा विवादका कारण करिब ५ महिना रोकिएको उक्त्त प्रशासकीय भवन पुनः विवाद नभए सम्झौता अनुसार नै काम सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण कम्पनीले जनाएको छ ।

साँगुरो अनि अव्यवस्थ्ति भवन बाट सेवा प्रवाह गर्दे आईरहेको हरिनास गाँउपालिका नयाँ भवन निर्माण सम्पन्न भए पस्चात सरल,सहज र व्यवस्थित तरिकाले सेवा प्रदान गर्दे त्यहाँ रहेका दस्तावेज सुरक्षीत हुने विश्वास लिएको छ । हरिनास गाउँपालिकालाई समृद्ध र सेवामैत्री बनाउने अभियान अन्तर्गत, पालिकाको नयाँ सुविधासम्पन्न प्रशासकीय भवनको निर्माण कार्य अगाडि बढेको बताउदै बाँकी रहेको कार्यकाल आफ्नो बलबुताले भ्याय सम्म विकास निर्माणमा खर्चने अध्यक्ष खिम नारायण मानन्धरको भनाई छ ।

0 SHARES
सेयर गर्नुहोस्: