दुलेगौंडा, २० पुष । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री प्रदिप पौडेलले पार्टीको विशेष महाधिवेशन गर्ने निर्णय केन्द्रिय समितिले समेत रोक्न नसक्ने बताउनुभएको छ । शनिबार गृह जिल्ला तनहुँ आउनुभएका पौडेलले विशेष महाधिवेशन काँग्रेसको विधानमै स्पष्ट व्यवस्था भएको भन्दै महाधिवेशन प्रतिनिधिहरुले गरेको कानुनत माग निष्कृय नहुने बताउनुभयो । उहाँले काँग्रेस विधिको शासनमा चल्नुपर्ने भएकाले व्यक्तिगत लहडमा विशेष महाधिवेशन रोक्न नहुने समेत स्पष्ट पार्नुभयो ।
पौडेलले आगामी चुनावमा पार्टी भित्र अन्तरविरोध चुलिने जस्ता कारण देखाएर माग फिर्ता लिन विशेष महाधिवेशन पक्षधरलाई सहमत बनाउने विकल्प पनि रहेको बताउदै अन्यथा विधान कार्यन्वयन गर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो । पौडेलले विशेष महाधिवेशन माग गर्ने पक्षलाई पार्टी फोर्न लागेको भन्दै परिभाषित नगर्न समेत आग्रह गर्नुभएको छ । ‘उहाँहरु पार्टी फोर्न हैन मजबुत बनाउन चाहानुहुन्छ,जस्ले पार्टी बनाउनका निम्ती एकदम धेरै योगदान दिनुभएको छ।’ उहाँले भन्नुभयो,‘कि कन्भिन्स गर्न पर्याे नत्र माग सम्बोधन गर्नुपर्छ भन्ने मेरो धारणा हो ।’
विशेष महाधिवेशन केन्द्रिय समितिले रोक्न सक्दैन–प्रदिप पौडेल
२० पुष २०८२, आईतवार
Advertisment





