दुलेगौंडा, २० पुष । चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश–२ चिसापानीको पाँचौ वार्षिक साधारणसभा चिसापानीमा शनिवार सम्पन्न भएको छ ।
सो अवसरमा साना किसान लघु वित्त विकास संस्था पोखराका प्रमुख पदमराज रेग्मीले साना किसान सहकारीले प्रदान गर्ने सेवा र साना किसानले पाउने सहुलियत दरका कर्जाको बारेमा जानकारी दिए । उनले हाल कतिपय राम्रा भनिएका सहकारी समेत संकटमा परेको उल्लेख गर्दै साना किसान सहकारीप्रति कुनै शंका नगनै आग्रह गरे ।
हरिनाश वडा नं. २ का अध्यक्ष चित्र बहादुर थापाले सहकारीले फिजारिएर रहेको पुँजीलाई एकत्रित गरि लगानीको वातावरण सृजना गरेको उल्लेख गरे । ग्रामिण स्वाबलम्वन साना किसान सहकारी संस्था लिमिटेड अर्जुनचौपारीका प्रमुख शालिग्राण काफ्लेले सहकारीले उत्पादनमुलक क्षेत्रमा जोड दिएर स्थानीय किसानका आयआर्जन बढाउनुपर्नेमा जोड दिए । सहकारीका अध्यक्ष प्रकाश पौडेलले उत्पादनलाई बढाएर आयआर्जन गर्न सदस्यहरुलाई आग्रह गरे । उनले उत्पादित बस्तुको विगतका वर्षमा विक्रिकालागि सहजिकरण गर्दै आएको जानकारी दिदै बजारको चिन्ता नलिन अपिल गरे ।
कार्यक्रममा सहकारीका उपाध्यक्ष चित्र बहादुर गुरुङ, लेखा समिति संयोजक नारायण लम्साल, महिमा मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम सिग्देल, शुक्लागण्डकी एफ.एम.का स्टेसन मेनेजर राजन उपाध्याय लगायतले सहकारीलाई दिगो रुपमा सञ्चालन गर्न सदस्यहरुको महत्वपूर्ण भूमिका रहने बताएका थिए । कार्यक्रममा कोषाध्यक्ष मिठु लम्सालले सहकारीका सात सिद्धान्त वाचन गरेकी थिइन् ।
सो अवसमार अध्यक्ष प्रकाश पौडेलल अध्यक्ष र कोषाध्यक्षको प्रतिवेदन पारित भएको थियो । कार्यक्रममा जेष्ठ शेयर सदस्य ८२ वर्षिय जस्मा सार्कीलाई सम्मान गरिएको थियो । पाँच वर्ष अघि स्थापित सहकारीमा हाल ९ सय ९९ सदस्यहरु छन् । सहकारीले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्म करिव ५ करोडको आर्थिक कारोबार गरेको छ ।
सो सहकारी वि.स. २०७७ सालमा स्थापना भएको हो । सहकारीले ग्रामिण भेगमा रहेका किसानलाई व्यवसायिक रुपमा अगाडी बढाउन विभिन्न सहयोग गर्दै आएको छ । छरिएर रहेका पुँजीलाई एकत्रित गरि किसानलाई सहुलियत दरमा कर्जा लगानी गर्नुका साथै विउविजन, मल उपलब्ध गराउने, उत्पादित बस्तुको बजारिकरणमा समेत सहकारीले सहयोग र समन्वय गर्दै आएको छ । हाल वडा नं. १, २ र ३ नं. वडामा सेवा प्रदान गर्दै आइरहेको यस सहकारीले निकट भविष्यमा अन्य वडामा समेत सेवा विस्तार गर्दैछ ।
चिसापानी साना किसान कृषि सहकारीको पाँचौ वार्षिक साधारणसभा सम्पन्न
२० पुष २०८२, आईतवार
Advertisment





