दुलेगौंडा, १५ मंसिर । लायन्स क्लव अफ नेपाल जापान फ्रेन्डसीपले शुक्लागण्डकी–७ मा अवस्थित शुक्ला आधारभूत विद्यालयका छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरेको छ ।
बुधवार विद्यालयमा आयोजित एक कार्यक्रममा ७० जना विद्यार्थीलाई कपि, पेन्सिल र कलम प्रदान गरिएको हो । सो अवसरमा बोल्दै वडा नं. ७ का अध्यक्ष राम बहादुर क्षेत्री थापाले जापानमा रहेका नेपालीहरुले संकलन गरि पठाएको रकमले शैक्षिक सामग्री प्रदान गर्न पाउदा खुसी लागेको बताए । उनले स्वदेश वा विदेश जहा रहेपनि आफ्नो जन्मभूमिलाई बिर्सन नहुने उल्लेख गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणाखर शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रधानाध्यापक पदम प्रसाद गौतमले गरेका थिए ।
लायन्स क्लव अफ नेपाल जापान फ्रेन्डसीपका अध्यक्ष शिव शंकर केसीको पहलमा सो कार्यक्रम गरिएको हो । गएको वर्ष पनि सो क्लवले सोहि वडाको अर्चलथुम प्राविका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको थियो ।





